इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीको जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले लेष्टर सिटीलाई पराजित गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले लेष्टरलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४७ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए भने ६६ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता २–० को बनाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा केलीची इहिनाचोले एक गोल फर्काए पनि चेल्सी २–१ ले विजयी भयो । जितसँगै चेल्सीले ३७ खेलमा ६७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित लेष्टर ६६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

चेल्सी र लेष्टर दुबैको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना भने कायमै राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);