विश्वका विभिन्न मुलुकलाई कोरोना विरुद्धको ८ करोड मात्रा खोप सहयोग गर्ने अमेरिकाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

विश्वका विभिन्न मुलुकलाई कोरोना विरुद्धको ८ करोड मात्रा खोप सहयोग गर्ने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले आउँदो ६ सातामा विभिन्न मुलुकलाई कोरोना विरुद्धको ८ करोड मात्रा खोप सहयोग गर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा विश्वका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड मात्रा खोप दिने सार्वजनिक घोषणा गरेका छन् ।

राष्ट्रपति बाइडेनले यसअघि नै अक्सफोर्ड÷अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताउनु भएकोमा थप दुई करोड डोज खोप पनि दिने सार्वजनिक गरेका छन् ।

संसारका बाँकी मुलुकहरुलाई खोप दिने घोषणा गर्दै बाइडेनले अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले विश्वलाई नै अस्थिर बनाइरहेको उल्लेख गरे । यसअघि अमेरिकाले मेक्सिको र क्यानडालाई अक्सफोर्ड÷अष्ट्राजेनेकाको ४० लाख मात्रा खोप दिइसकेको छ ।

अमेरिकाले रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने भन्दै खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने पनि बाइडेनले प्रष्ट गरेका छन् । अमेरिकी खोप सहयोग पाउने मुलुकमा कुन कुन हुनेछन् भन्नेचाहिँ खुलाइएको छैन ।

विश्व स्वास्थ्य संगठनले बाइडेनको घोषणाको स्वागत गर्दै खोप वितरणमा सघाउन कोभ्याक्स तयार रहेको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);