राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदाताले ७२ घण्टा अवधिभित्रको पीसीआर अनिवार्य देखाउनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदाताले ७२ घण्टा अवधिभित्रको पीसीआर अनिवार्य देखाउनुपर्ने

काठमाडौं। बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका मतदाताले ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ । निर्वाचन आयोले आइतबार स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको हो।

बागमती प्रदेशका लागि जेठ ६ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ।आयोगले कोभिड संक्रमण देखिएका मतदाताका लागि छुट्टै मतदानकेन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

त्यस्तै मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा २ मीटरको दूरी कायम गर्नुपर्ने, मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्थापन गर्न समेत निर्देशित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);