काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि कार्यदल सदस्यको टुंगो लगाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।
कार्यदल सदस्यको टुंगो लगाउन अध्यक्ष ओली र नेपालबीच दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता हुने बताइएको छ ।
गएको बिहीबार ओली र नेपालबीच भएको छलफल पछि अध्यक्ष ओली २०७५ जेठ २ मा फर्किन सहमत भएपछि एमालेमा रहेको विवाद समाधानतर्फ उन्मुख भएको हो ।
सोही भेटमा एमालेमा भएको विवाद समाधानका लागि कार्यदल समेत बनाउने विषयमा छलफल भएको थियो । तर कार्यदलको सयस्यको भने हालसम्म टुंगो लाग्न सकेको छैन ।
आजको भेट पछि भने सदस्यको टुंगो लाग्ने बताइएको छ ।