काठमाडौं । एमाले नेता एवंम प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले अब २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने बताएका छन् ।
माधव नेपाल पक्षले २०७५ जेठ २ लाई बटमलाईन बनाइरहेका बेला थापाले भने अब पार्टी २०७८ जेठ २ को अडान तर्फ कुनै हालतमा फर्कन नसक्ने बताएका छन् ।
थापाले माधव नेपाल पक्षलाई आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दारको संज्ञा दिदै अव त्यस्ता नेताहरुको माग पूरा हुनु भनेको दीवा सपना मात्र भएको स्पष्ट पारेका छन् ।
थापाले भनेका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दरी क्षम्य हुन सक्दैन । नेता जन्माउने, बनाउने पार्टी र जनताले हो। महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन् चिन्ता नगरौं ।’