स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक पक्राउ

दीपकलाल श्रेष्ठ,
बर्दिया । बर्दियाको राजापुरमा स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी रहेको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

चौधरीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यलय कोहलपुर बाँके चलान गरिएको समेत कार्कीले जानकारी दिए ।

कैलालीबाट बर्दिया आउने क्रममा कर्णाली सत्तिघाट पुलमा जाँच गर्दा सु.प.प्र ०१००८ प ८१४५ नम्बरको मोटरसाइकल सवार चौधरीको साथबाट उक्त रकम फेला परेको समेत कार्कीले बताए ।

Leave a Reply

ताजा समाचार