पाकिस्तानका बाबर अजम आईसीसीको 'प्लेयर अफ दि मन्थ' बने | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

पाकिस्तानका बाबर अजम आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ बने

एजेन्सी । राष्ट्रिय टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको प्लेयर अफ मन्थ बन्न असफल भएका छन् ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार पाकिस्तानका बाबर अजम अप्रिल महिनाको प्लेयर अफ मन्थ भएका छन् । महिनाभरको प्रदर्शन र समर्थकको मतका आधारमा आईसीसीले कुशल सहित पाकिस्तानमा अजम र फकर जमानको मनोनयन सार्वजनिक गरेको थियो ।

अप्रिल महिनामा तीन एकदिवशीयमा २ सय २८ तथा सात ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ३ सय ५ रन जोडेर अजम प्लेयर अफ मन्थ भएका हुन् । अजम हालै विराट कोहलीलाई पछि पार्दै आईसीसी एकदिवशीय वरियतामा नम्बर एक ब्याट्सम्यानसमेत बनेका थिए ।

अघिल्लो महिना नेपालसहित मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रीदेशीय प्रतियोगिता नेपालले जित्दा कुशल म्यान अफ द सिरिज बनेका थिए । डेब्यू प्रतियोगिताको पाँच खेलमा उनले चार अर्धशतक प्रहार गरे ।

डेब्यूसँगै लगातार तीन अर्धशतक प्रहार गर्ने कीर्तिमानसमेत बनाएका थिए । त्यस्तै महिलातर्फ अस्ट्रेलियाली क्रिकेटर एसिला हेले अप्रिल महिनाको उत्कृष्ट खेलाडी चुनिएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);