सर्लाहीमा आज रातिबाट निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सर्लाहीमा आज रातिबाट निषेधाज्ञा

राजिव शाह,

सर्लाही । सर्लाही आज मध्यराति १२ बजे देखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । डीसीसीएमसीको बैठकले बैशाख ३१ गते मध्य रातिसम्म एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटेल, सैलुन,शैक्षिक संस्था बन्द रहने छन् । स्वस्थ्य , सुरक्षा, सञ्चार विद्युत र खानेपानी लगायत अत्यावश्यक सवारी साधन भने संचालन हुने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

यसैगरि स्वास्थ्य संस्था,पेट्रोल पम्प खुला रहने छन् भने खाद्यान्न फलफुल तरकारी दूध डेरी ग्यास पसल बिहान ७ बजे देखि १० बजे सम्म मात्र खोल्न पाइने छन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्वस्थ्य मापदण्डको पुर्ण पालना गरि संचालन गर्न सकिने जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कडा कार्वाही गरिने प्रजिअ तामाङले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);