काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
आज दिउँसो २ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक बस्ने बताइएको छ ।
काँग्रेस संसदीय दलको आजको बैठकले प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकका लागि रणनीति बनाउने जनाइएको छ ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल पार्ने काँग्रेसले यसअघि नै निर्णय गरिसकेको छ । गत मंंगलबार बसेको काँग्रेस पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय गरेको हो ।
आजको संसदीय दलको बैठकले सोही निर्णयमाथि छलफल गरेर सांसदलाई सोही अनुसारको निर्देशन दिइने छ । बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्ने बुझिएको छ ।