बाढिले धानबाली बगाएपछि सामुहिक तरकारी खेती गर्दै रौतहटका कृषक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राकेश यादव/रौतहट । रौतहटको गुजरा नगरपालीकामा केही दिन अगाडी आएको बिनासकारी बाढीले बालिनाली बगाएपछि त्याहाँको दलित समुदाएका किसान महिलाले सामुहिकरुपमा तरकारी खेती गरी आम्दानी गर्न थालेका छन्।

बिनासकारी बाढिले लगाएको अन्नबाली बगाएपछि, गरीबिका कारण दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका बिपन्न परिवारका महिलाहरुलाई जिल्लाको एक संस्थाले तरकारी खेती सम्वन्धी तालिम दिएपछि उनीहरुले खेती गर्न थालेका हुन। पहिलो चरणमा १० बिघा जमिनमा उनीहरुले तरकारी खेती गर्न लागेका छन्।

उक्त संस्थाले तरकारी खेतीगर्न बाढि पीडित महिलाहरुलाई करीव ३ लाख ७० हजार सहयोग गरेको हो । यहाँका किसानहरुको मुख्य पेसा कृषि भएका कारण लगाएको बालीनाली बाढिले बगाएपछि छोराछोरीलाई पढाउन समेत नसक्ने अवस्था देखेपछि ति अभिभावकहरुलाई रौतहट जिल्लाकै एक संस्थाले आयमुलक कार्यक्रम अन्र्तगत बिभिन्न किसीमका तरकारीका बिउविजन र तरकारी खेतीमा प्रयोगहुने विभिन्न सामाग्रीहरु सहयोग गरेको हो । उनीहरुले खेतमा परवल,लौका, काउली, धनीया, घिरउला, भिन्डी, भण्टा, बोडी लगएतका तरकारी लगाएका छन।

बाली लगाएकावेला केही दिन आगाडी आएको बाढिले घरमा राखेको अन्न र खेतमा लगाएको अन्नबाली बगाएपछि हामी धेरै संकटमा परेको र अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भएको स्थानीय किसान सिता देवि चौधरीले बताएकी छन्।

आर्थिक अभावमै विद्यालय जान छोडेका १० जनाको समुहमा रहेका कृषकका छोरा छोरी पुन अहिले पढ्न जान थालेका छन । किशोर किशोरीले विद्यालय बिचमा नै छोड्ने प्रमुख कारण गरीबि नै रहेकाले अभिभावकलाई आयआर्जनको काममा लगाउने र किशोर किशोरीहरुलाई पढ्न उत्पे्ररीत गर्ने उदेश्यले जिल्लाका केही गाउँ पालिकामा सो कार्यक्रम संचालन भइरहेको छ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);