बीरगञ्ज । प्रदेश नं २ जिल्लाको भिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले पर्सामा जारी लकडाउनलाई बैशाख ३० गते सम्मका लागि लम्ब्याउन सिफारिस गरेको छ ।
बैशाख १६ गते देखि लगाएको निषेधाज्ञा बुधबार बिहान सकिन लागेकोमा फेरि बैशाख ३० गते सम्मका लागि थपिएको हो ।
जिल्लाको भिड संकट व्यवस्थाप नकेन्द्रको मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजे सम्मको लकडाउन लगाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो ।
बीरगन्ज स्थित नारायणी अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् । बेड नपाएर अधिकांश संक्रमित होम आइसोलेसनमै बसिरहेका छन् ।
पछिल्लो एक हप्ताको तथ्यांक हेर्ने हो भने दैनिक सरदर १ सय देखि १५० दिनहुँ थपिरहेका छन् ।
घरघरै संक्रमित बढेपछि निषेधाज्ञा लगाएरको भिड फैलिनबाट रोक्ने प्रयास जिल्ला प्रशासन कार्यालयले गरिएको हो ।