सल्यानमा थप दुई कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सल्यानमा थप दुई कोरोना संक्रमितको मृत्यु

सल्यान । सल्यानमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिकाका एक रहेका छन् भने अर्का एक सिद्द कुमाख गाउँपालिकाका हुन् ।

सल्यान अस्पतालमा उपचाररत बागचौर नगरपालिका निवासी ७० वर्षीय एक पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । अस्पतालले मृतकलाइ अक्सिजन दिएर उपचार गरेपनि उपचारकै क्रममा संक्रमितको ज्यान गएको अस्पतालले जनाएको छ ।

अक्सिजनको मात्रा एकदमै कम भएका उनलाइ थप उपचारका लागि सुर्खेत रिफर गर्दा समेत आर्थिक अवस्था कमजोर र अक्सिजन सहितको एम्बुलेन्सको अभावमा लग्न नसकेको मृततका आफन्तले बताएका छन् ।

त्यस्तै सिद्द कुमाख निवासी कोरोना संक्रमित एक शिक्षकको पनि ज्यान गएको छ । अक्सिजनको मात्रा कम भएपछि उपचारका लागि सोमबार सल्यान अस्पताल पुगेका शिद्ध कुमाख गाउँपालिका निवासी ३५ वर्षीय शिक्षकको अवस्था गम्भीर भएपछि प्रदेश अस्पताल पठाइएकोमा सोमबार राति नै ती पुरुषको समेत मृत्यु भएको हो ।

सल्यानमा बैशाख यता कोरोनाबाट १० जना भन्दा बढीको ज्यान गएको छ । सल्यान अस्पतालमा उपचाररत अहिलेसम्म ६ को ज्यान गएको छ भने बाहिर उपचार गराउन गएका ४ भन्दा बढी संक्रमितको ज्यान गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);