एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा वेष्टह्यामले जित निकालेको छ ।
सोमबार राति अवे मैदानमा भएको खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
वेष्टह्यामको जितमा दुवै गोल मिकेल एन्टोनिओले गरे । उनले २१ र २९ औँ मिनेटमा गोल गरेका हुन् । खेलमा सुरुवाति अग्रता भने बर्नलीले लिएको थियो ।
उसका लागि १९ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिस वूडले गोल गरेका थिए । जितपछि पाँचौँ स्थानको वेष्टह्यामको ३४ खेलबाट ५८ अंक भएको छ ।
चौथो स्थानको चेल्सीको ६१ अंक छ । सोमबार राति नै भएको खेलमा वेष्टब्रोम र वुल्भ्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।