कोरोना नियन्त्रणमा केन्द्रीत एमालेको आकस्मिक स्थायी कमिटी बैठक | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

कोरोना नियन्त्रणमा केन्द्रीत एमालेको आकस्मिक स्थायी कमिटी बैठक

बैठकलगत्तै प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको कोरोना महामारी नियन्त्रणमा केन्द्रीत रही सकिएको छ ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बालुवाटरमा बसेको आकस्मिक स्थायी कमिटी बैठकमा राजनीतिक विषयमा भन्दा पनि कारोना नियन्त्रणका विषयमा केन्द्रीत रहेको बताइएको छ ।

बैठकमा सरकार कोरोना नियन्त्रणमा अझ गम्भीर भएर लाग्नुपर्ने भन्ने विषयमा छलफल भएको छ ।

यसका साथै बैठकमा लुम्बिनी प्रदेशमा विकसित घटनाक्रमका बारेमा समेत छलफल भएको छ ।

लुम्बिनी प्रदेशमा आइतबार बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए ।

स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली शीतलनिवास पुगेका छन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);