निलम्बित चार सांसदलाई निष्कासन गरेको भन्दै जसपा अध्यक्ष ठाकुर निर्वाचन आयोगमास | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

निलम्बित चार सांसदलाई निष्कासन गरेको भन्दै जसपा अध्यक्ष ठाकुर निर्वाचन आयोगमास

काठमाडौं। लुम्बिनी प्रदेशका चार सांसदलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको उल्लेख गरेका छन् ।

पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपपाका सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचनामा अवैध र गैरकानुनी भएको ठाकुरले ठोकुवा गरेका छन् ।

उक्त अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन आग्रह गरिएको पत्रमा समेत उल्लेख गरिएको छ ।

हेर्नुहोस् पत्र

Leave a Reply

ताजा समाचार