कोभिड संक्रमण न्युनीकरणको लागि भक्तपुर नगरपालिका स्तरीय सीएमसी बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८३, शनिबार

कोभिड संक्रमण न्युनीकरणको लागि भक्तपुर नगरपालिका स्तरीय सीएमसी बैठक

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिका स्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) को बैठकमा बैठक बसेको छ ।

नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण न्युनीकरण प्रयासको क्रममा नगरपालिकाको तर्फबाट सामान्य संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन केन्द्र र जटिल बिरामीहरुको उपचारको लागि २५ बेडको एचडीयु संचालनको लागि तयारी अवस्थामा रहेको जानकारी गराए ।

उक्त बैठकले विश्वव्यापी रुपमा नयाँ भेरियन्ट सहित कोभिड १९ को महामारी फैलिरहेको संवेदनशील अवस्थामा कोभिड संक्रमण रोकथामको लागि नगर भित्र क्रियाशील राजनैतिक दलहरु, विभिन्न संघ संस्था, व्यवसायिक तथा सामाजिक संगठनहरु, टीम क्लब, पुस्तकालय, सहकारी तथा वित्तीय संस्था लगायत सरोकार वाला सबैमा जनचेतना मूलक गतिविधि गरी सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

साथै नगर भित्र रहेका सबै पार्टी प्यालेसहरु, संग्रहालय, सिनेमाहल, प्रशिक्षण केन्द्रहरु, जिम खाना, मनोरञ्जन स्थलहरु लगायत बन्द गर्ने र कुनै पनि किसिमको भिडभाड हुने भोजभतेर, चाड, पर्व वा मेला नगर्न तथा विवाह व्रतबन्ध को हकमा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर मात्र र यस्ता कार्यमा १५ जनाभन्दा बढी नहुने सहभागिता नहुने गरी कार्य सम्पन्न गर्न सम्पूर्ण नगरवासी हरुमाआग्रह गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।

कोभिड नियन्त्रण र रोकथामको लागिआवश्यक आर्थिक एवं भौतिक सहयोगको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा बागमती प्रदेश सरकारसँग मागगर्ने निर्णय बैठकले गरेको छ ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोप १७, ७०८ जनाले र कोभिसिल्ड दोस्रो दोज ७०१ जनालाई दिइसकेको बैठकमा जानकारी गराए ।

Leave a Reply

ताजा समाचार