२४ घण्टामा ४८ सय ९७ जनामा कोरोना संक्रमण, १७ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

२४ घण्टामा ४८ सय ९७ जनामा कोरोना संक्रमण, १७ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ९७ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका १४ हजार ६ सय ३४ पीसीआर परीक्षणमध्ये ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ७३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७९ हजार २ सय ७९ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या १७ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार २ सय ११ रहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);