काठमाडौं उपत्यकामा २०४७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं उपत्यकामा २०४७ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १४६४ जना, भक्तपुरमा २३२ जना र ललितपुरमा ३५१ जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन।

२४ घण्टामा देशभर संक्रमण पुष्टि भएका मध्ये करिब ४३ प्रतिशत संक्रमित काठमाडौँ उपत्यकाकै रहेका छन् । यसअघि काठमाडौँ उपत्यकामा मंगलबार १९६६, सोमबार १९१२, आइतबार १४९८ र शनिबार ८७२ जना संक्रमित भएका थिए । मन्त्रालयले आइतबार देशभर थप ४७७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);