मिडिया हाउसकै परिचयपत्रका आधारमा सञ्चारकर्मीले आवतजावत गर्न पाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मिडिया हाउसकै परिचयपत्रका आधारमा सञ्चारकर्मीले आवतजावत गर्न पाउने

काठमाडौं । सरकारलो बिहीबारदेखि काठमाडौँ उपत्यकामा लागू गर्न लागेको निषेधाज्ञामा सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रकै आधारमा सञ्चारकर्मीलाई आवतजावत गर्न दिइने भएको छ ।

उपत्यकका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड नहुने गरी समाचार संकलन गर्न समेत पत्रकारलाई आग्रह गरेको छ ।

सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार एवं कर्मचारीलाई सम्बन्धित सञ्चारगृहको परिचयपत्रका आधारमा आवागमन गर्न पाउने व्यवस्था मिलाइएको काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले बताएका छन् ।

यसअघि सूचना विभागद्वारा जारी गरिएको प्रेस पास अनिवार्य भनिएकोमा अब सञ्चारगृहकै परिचयपत्रका आधारमा सञ्चारकर्मीले समाचार संकलन र कार्यालय आवतजावत गर्न पाउने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);