अनिश्चितकालका लागि सूचना विभाग बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अनिश्चितकालका लागि सूचना विभाग बन्द

काठमाडौं । सूचना विभागले पत्रकारलाई प्रेस पास वितरणलगायतका सबै काम अनिश्चितकालका लागि बन्द गरेको छ । विभागका कर्मचारीलाई कोरोना देखिएपछि विभागले दिँदै आएको सेवा बन्द गरेको हो । विभागका सँगै काम गर्ने अन्य कर्मचारीलाई समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले सबै सेवा स्थगित गरिएको विभागले जनाएको छ ।

सूचना विभागले आजदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म प्रसारण संस्थासँग सम्बन्धित इजाजत, लाइसेन्स, जारी, नवीकरण, सिफारिस, क्लिनफिड अनुगमन र श्रमजिवी पत्रकारको उजुरी लिने काम समेत बन्द भएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);