नेताहरुमा काेराेना संक्रमण, कांग्रेस बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेताहरुमा काेराेना संक्रमण, कांग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । केही केन्द्रय सदस्यसहित कार्यलयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै बैठक स्थगित भएको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजेटिभ देखिएसँगै आजको बैठक स्थगित भएको जानकारी दिनुभयो । यदपी कुन–कनु नेतालाई संक्रमण भएको हो खुलाइएको छैन ।

यसअघि सोमबार बस्ने भनिएको बैठक पीसीआर परीक्षणपछि बस्ने भन्दै आजका लागि सारिएको थियो । आजको बैठकमा १४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने कार्यसूची तय गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);