एजेन्सी । पछिल्लो केही हप्ताबाट दैनिक कोरोना संक्रमित संंख्या उच्च भएको रेकर्ड बन्दै आएको भारतमा पछिल्लो २४ घण्टामा भने संक्रमित हुनेको संख्यामा केही कमी आएको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा तीन लाख १९ हजार ४ सय ३५ मा संक्रमण पुष्टि भएको छ । अघिल्लो २४ घण्टामा यो संख्या तीन लाख ५२ हजार नाघेको थियो ।
भारतमा संक्रमितको कुल संख्या एक करोड ६७ लाख २५ हजार ७ सय ३५ पुगेको छ । भारतमा सबैभन्दा धेरै संक्रमित संख्या भएका राज्यहरुमा महाराष्ट्रमा ४३ लाख ४३ हजार ७ सय २७, केरलामा १४ लाख ५ हजार ६सय ५५, कर्नाटकमा १३ लाख ३९ हजार २ सय १, उत्तर प्रदेशमा १० लाख ८६ हजार ६ सय २५, तमिलनाडुमा १० लाख ८१ हजार ९ सय ८८ र दिल्लीमा १० लाख ४७ हजार ९ सय १६ संक्रमित रहेका छन् ।
यसैगरी भारतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दुई हजार ७ सय ७१ रहेको छ । यो अघिल्लो २४ घण्टाको मृत्यु संख्याभन्दा केही कम हो । भारतमा हालसम्म कोरोनाका कारण एक लाख ९७ हजार ८ सय ९४ ले ज्यान गुमाई सकेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५१ हजार ८ सय संक्रमणमुक्त भएका छन् । यो सँगै भारतमा संक्रमणमुक्त हुनेको संख्या एक करोड ४५ लाख ५६ हजार २ सय ९ पुगेको छ ।
हाल भारतमा २८ लाख ८२ हजार २ सय ४ सक्रिय संक्रमित रहेका छन् ।
भारतमा हालसम्म १४ करोड ५२ लाख ७१ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।