२४ घण्टामा ३५ सय ५६ जनामा कोरोना संक्रमण, ७ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

२४ घण्टामा ३५ सय ५६ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका १३ हजार २ सय ९३ पीसीआर परीक्षणमध्ये ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ ।

याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या ७ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार १ सय ७६ रहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);