एजेन्सी । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीब्र गतिमा बढेको छ ।
राजधानी नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन अभावसँगै पछिल्लो २४ घण्टामा भारत भर २७ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको हो । दिल्लीमा मौ एकैदिन २४ हजार १ सय बढी संक्रमित हुँदा ३ सय ५७ जनाको मृत्यु भएको छ ।
जसमा ५० भन्दा बढीको अक्सिजन अभावका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । त्यस्तै जयपुरमा अक्सिजन अभावका कारण २० भन्दा बढी संक्रमितको मृत्यु भएको छ ।
महाराष्ट्र, मध्य प्रदेश, पंजाव, हरियाणामा पनि अक्सिजन अभाव हुँदा संक्रमितहरुको उपचार थप जटिल बनेको चिकित्सकहरुले जनाएका छन् । भारतमा पछिल्लो केही दिनयता ३ लाख बढी कोरोना संक्रमित थपिन थालेका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार संक्रमितको सख्या १ करोड ६९ लाख ५१ हजार ६ सय बढी रहंदा १ लाख ९२ हजार ३ सय ९ जनाको मृत्यु भइसकेको छ ।