बेहाल भारत : अक्सिजन नपुग्दा अस्पतालको बेडमै गयो २० को ज्यान | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

बेहाल भारत : अक्सिजन नपुग्दा अस्पतालको बेडमै गयो २० को ज्यान

एजेन्सी । भारतको एक अस्पतालमा अक्सिजन अभावले २० जना कोभिड संक्रमितको ज्यान गएको छ । राजधानी दिल्ली स्थित जयपुर गोल्डेन अस्पतालमा अक्सिजन अभावले बेडमा भएका ती विरामीको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस

भारतमा संकट चुलियो, सेना बोलाउने माग
भारतमा एकैदिन ३ लाख ४५ हजारभन्दा बढी संक्रमित, मृतक संख्या पनि हालसम्म कै उच्च

अस्पतालको अक्सिजन सप्लाई प्लान्टमा अक्सिजन सकिएपछि ती विरामीले पर्याप्त अक्सिजन पाएनन्, त्यसपछि उनीहरुको ज्यान गएको हो ।

जयपुर गोल्डेन अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. डिके बलुजाले अक्सिजनको प्रेसर कम भएका कारण २० जना विरामीको ज्यान गएको जानकारी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्लान्टमा अक्सिजन सकिएपछि त्यसले जुन प्रवाहसाथ अक्सिजन प्रवाह गर्नुपर्ने हो त्यो गर्न नसक्नुलाई प्रेसर कम भएको भनिन्छ ।

पछिल्लो हप्ता दिल्लीमा अक्सिजनको सबैभन्दा बढी अभाव झेलिरहेको अस्पताल हो गोल्डेन जयपुर । यो अस्पतालले चाहिने भन्दा ६० प्रतिशत थोरै अक्सिजन पाइरहेको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);