साइप्रसमा पुनःलकडाउनको घोषणा : यहि २६ तारिखदेखि लागू हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

साइप्रसमा पुनःलकडाउनको घोषणा : यहि २६ तारिखदेखि लागू हुने

काठमाडौँ। कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा पुन लकाडाउन हुने भएको छ। सरकारले घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिखदेखि लागू हुने भएको हो ।

कोरोनाभाइरसको महामारी फेरि तिव्र रुपमा फैलिएर धेरै मानिस सङ्क्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले लकडाउनको विकलप नरहेको उनिहरुले बताएका छन । अति आवश्यक काम भन्दा घर भन्दा बाहिर ननिक्लन सरकारले निर्देशन दिएको छ ।

स्थानीय समयानुसार राति ९ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यूसमेत लागु हुने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउनको बेलामा थियटर र चलचित्र घरहरु समेत बन्द गरिने भएको छ । त्यसैगरी होटल, रेस्टुरेन्ट, वार, क्याफे, सैलुन, व्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

अहिलेदेखिनै साइप्रसमा भिडभाड गर्न तथा भेला हुन प्रतिवन्ध लगाउन थालिएको छ । अति आवश्यक काममा जानै सरकारले अनुमति दिइने निर्णय गरेको बताइएको छ । कामदारहरुलाई सकेसम्म निवासबाटै काम गर्न वा काम गर्ने ठाउँमै बस्ने निति बनाउन सरकारले निर्देश्न गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);