शुक्रबारदेखि पशुपति क्षेत्रमा सर्वसाधारणको प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

शुक्रबारदेखि पशुपति क्षेत्रमा सर्वसाधारणको प्रवेशमा रोक

काठमाडौं । नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरस संक्रमण बढ्दै गएपछि पशुपतिनाथ दर्शनमा सर्वसाधारणका लागि रोक लगाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले वैशाख १० गते (शुक्रबार)देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने भएका हुन् ।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बिहीबार ‘जरुरी सूचना’ जारी गर्दै नेपाल सरकारले जारी गरेको आदेशानुसार शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

कोषाध्यक्ष थापाका अनुसार सर्वसाधारणलाई पशुपतिनाथको मुख्य मन्दिरमा प्रवेश गर्न समेत रोक लगाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);