ललितपुर उद्योग वाणिज्य संघको ३८ औँ साधारणसभा आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, २७ असोज । ललितपुर उद्योग वाणिज्य संघको ३८ औँ साधारणसभा सुरु भएको छ ।

ललितपुरस्थित एक पार्टी प्यालेसमा साधारणसभाको उद्घाटन उद्योगमन्त्री सुनिलबहादुर थापाले गर्नुभएको हो । साधारणसभाको उद्घाटन गर्दै मन्त्री थापाले निजी क्षेत्रसँग सरकारको समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि आवश्यक ऐन कानुन पनि सरकारले तयार गर्ने उहाँको प्रतिबद्धता थियो ।

अर्थ राज्यमन्त्री उदयशमशेर राणाले सन् २०२२ सम्ममा नेपाललाई विकासोन्मुखबाट विकसित बनाउने सरकारको उद्देश्य पूरा गर्न निजी क्षेत्रको सक्रियताको आवश्यकता औँल्याउनुभयो ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले निजी क्षेत्रले लामो समय देखि माग गर्दै आएको विशेष आर्थिक क्षेत्र ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । साथै पूर्ण राजनीतिक प्रतिबद्धतासहित मुलुक भित्रै आम नागरिकलाई गरिखाने वातावरण तयार गरिदिन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

ललितपुर उद्योग वाणिज्य संघको शनिबार निर्वाचन पनि हँुदैछ ।

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);