पोखरामा आज दुई संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

पोखरामा आज दुई संक्रमितको मृत्यु

nepali mirtu

पोखरा । पोखरामा कोरोना संक्रमितका कारण थप दुईको मृत्यु भएको छ ।

मूत्यु हुनेमा पोखरा महानगरपालिका की ५४ वर्षीय महिला रहेकी छन् । उनमा गएको ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनको आज उपचारको क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

त्यस्तै अर्को मूत्यु हुनेमा पोखरा महानगरपालिका–३३ का ८४ वर्षीय बृद्ध रहेका छन् । उनमा पनि यही ५ गते संक्रमण पुष्टि भएको थियो । उनको आज उपचारको क्रममा संक्रमण तथा सरूवा रोग अस्पतालमा मृत्यु भएको हो ।

यो संगै गण्डकी प्रदेशमा संक्रमणका कारण मूत्यु हुनेको संख्या २ सय ११ पुगेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार