'नेपालको भू-वनावट जोखिमयुक्त, कुनै पनि बेला बिपत आइपर्न सक्ने चेतावनी' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ, २७ असोज । भू-वैज्ञानिकहरुले नेपालको भू-वनावट जोखिमयुक्त रहेको भन्दै कुनै पनि बेला बिपत आइपर्न सक्ने चेतावनी दिएका छन् ।

विश्व प्राकृतिक विपत्ति दिवसको अवसर पारेर शुक्रबार काठमाण्डौँमा आयोजित कार्यक्रममा भूवैज्ञानिकहरुले नेपालको भू-वनावट जोखिमयुक्त भएको भन्दै सचेत रहन सरकारको ध्यानाकर्षण गराएका हुन् । भूवैज्ञानिक डा. कविराज पौडेलले नेपालका चट्टानहरुमा दरार आएकाले पहिरो आउने क्रम बढ्दै गएको र हिमतालहरु पनि फुटेर जाने सम्भावना बढेको बताए । क्षति न्यूनिकरणका लागि सरकारले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

भूवैज्ञानिक डा. कमलाकान्त आचार्यले भूकम्पबाट हुने क्षति न्यूनिकरणका विषयमा पनि उच्च सतर्कता अपनाउन सरकारलाई सुझाव दिए ।

यस वर्षको विश्व प्राकृतिक विपत्ति दिवसको नारा ‘सुरक्षित घर’ भन्ने रहेको छ । बासस्थानलाई सुरक्षित बनाएर मात्रै प्राकृतिक विपत्तिबाट हुने जोखिमलाई न्यूनिकरण गर्न सकिने विश्वास जगाउन यस वर्षको मुख्य नारा ‘सुरक्षित घर’ तय गरिएको भूवैज्ञानिकहरुको भनाई छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);