एएफसीद्वारा डिआइजी सर्वेन्द्र र डिएसपी सुदिप सम्मानित | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

काठमाण्डौँ, २७ असोज । एसियन फुटबल कन्फिडरेशनले (एएफसी)ले नेपाल प्रहरी, महानगरीय अपराध अनुसन्धान महाशाखालाई शुक्रबार एक समारोहकाबिच सम्मान गरेको छ ।

एएफसीले जनाएको अनुसार फुटबल म्याच फिक्सिङको अनुसन्धानमा अतुलनीय सहयोग पर्‍याएको भन्दै नेपाल प्रहरीका डिआजी सर्वेन्द्र खनाल र डिएसपी सुदिपराज पाठकलाई एफसीका महासचिव डाटो विन्डसोर जोनले एएफसी भवनमा निम्त्याएर सम्मान गरेका हुन् ।

नेपाल प्रहरीको अनुसन्धानमा म्याच फिक्सिङमा संलग्न भएको पाएइपछि सन् २०१५ को डिसेम्बरमा एएफसीको सदाचार र अनुशासन समितिले चारजना नेपाली फुटबल खेलाडी र एक अधिकारीलाई आजिवन प्रतिबन्धको घोषणा गरेको थियो ।

म्याच फिक्सिङको अनुसन्धान महानगरीय अपराध अनुसन्धान महाशाखाका तात्कालीन प्रमुख एसएसपी सवेन्द्र खनालले (हाल डिआइजी) गरेका थिए । इन्सपेक्टरका रुपमा रहेका सुदिपराज पाठक (हाल डिएसपी) अनुसन्धान अफिसरको रुपमा रहेका थिए ।
अधिकारी अन्जन केसी र चार खेलाडीहरु विकास क्षेत्री , सन्दिप राई , रितेश थापा र सागर थापा म्याच फिक्सिङमा संलग्न रहेको पाइएको थियो ।

औपचारीक कार्यक्रममा नेपाल पुलिसलाई धन्यावाद दिदैं जोनले भन्नसभयो ‘नेपाल पुलिससँगको सहकार्य र यसको नतिजाले एशियन फुटबल जगतलाई अनुशासित राख्न ठूलो कोशेढुंगाको काम गरेको छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);