म्यादी प्रहरीमा आवेदन बुझाउन झापामा युवायुवतीको भीड | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सुरेन्द्र भण्डारी, झापा, २७ असोज । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा आवेदन माग गरेसँगै जिल्ला प्रहरी कार्यालय झापामा युवायुवतीको भीड लागेको छ । निर्वाचन सुरक्षाका लागि अपुग जनशक्ति आपूर्तिका लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नामा युवा आकर्षण बढेको हो ।

म्यादी प्रहरीका लागि आवेदन दिनेमा पढेलेखेका युवायुवती पनि उल्लेख्य छन् । १८ वर्षदेखि ५४ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने र अवधि पनि छोटो भएकाले युवाहरु म्यादी बन्न आकर्षित भएका हुन् । बेरोजगार पाका मानिसहरुले पनि म्यादी प्रहरी बन्न रुची देखाएका छन् ।

यतिखेर देवीप्रसाद जस्ता, थुप्रै बेरोजगार युवायुवती म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

म्यादी प्रहरीका लागि नेपाली नागरिक हुनुपर्ने, कुनै पनि नैतिक पतन नदेखिएको, फैजदारी अभियोगमा कुनै कसुर नठहरिएको, राजनीतिक दलको सदस्य नभएको र शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त हुनुपर्ने प्रावधान छ । ‘सक्षम नागरिकको हैसियतले म्यादी प्रहरीकै रुपमा भए पनि राज्यले सुम्पिएको जिम्मेवारी निर्वाह गरुँ’ भन्ने सोचका साथ म्यादी प्रहरीमा युवा आकर्षण बढेको जिल्ला प्रहरी कार्यालयको बुझाइ छ ।

भविष्यमा सुरक्षाकर्मी बन्ने अभिलाषा बोकेका युवायुवती म्यादी प्रहरी बन्न बढी आकर्षित देखिएका छन् । म्यादी प्रहरी बन्न चाहनेले असोज ३० गतेसम्म आवेदन दिनुपर्नेछ । प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदै छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);