रौतहट चन्द्रपुरबासी राज्यबाट पाउने आधारभूत सुविधाबाट वञ्चित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राकेश यादव, रौतहट, २७ असोज ।  रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकांश बासिन्दा नगरबासी भएर पनि सामान्य सरकारी सुविधाबाट समेत वञ्चित छन् । चन्द्रपुरका भोलनटार, इपिलघारी, अरुणबस्ती लगायत गाउँका बासिन्दा खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सुविधाबाट वञ्चित भएका हुन् ।

रौतहटका भोलनटार, इपिलघारी र अरुणबस्तीमा करिब पाँच सय घर परिवार बसोबास गर्छन् । सुकुम्बासी र विपन्न वर्गका मानिस बसोबास रहेका यी बस्ती खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सुविधा पनि छैनन् । पढ्नका लागि पनि उनीहरु बाराको सिगौल तथा मकवानपुरको विद्यालसम्म पुग्न बाध्य छन् ।

स्थानीय चुनावका बेला अनेक आश्वासन दिएर यसपटक पनि नेताहरुले झुक्याएको उनीहरुको दुखेसो छ । विगतमा जस्तो हैन, यसपटक तपाईंहरुकै लागि आएका हौं भन्ने नेताहरु पनि चुनाव जितेको यतिका दिन बितिसक्दा फर्किएका नआएको उनीहरु बताउँछन् ।

वर्षौंदेखि कष्टकर जीवनयापन गरिरहेका भोलनटाबासी गाउँमा विद्यालय नभएकै कारण शिक्षामा धेरै पछाडि छन् । करिब तीन हजार जनसंख्या रहेको यो गाउँमा एसएलसी उत्तीर्ण गरेका एकमात्र किशोर छन् । शिक्षासहितका सम्पूर्ण आधारभूत आवश्यकताबाट वञ्चित उनीहरुलाई स्थानीय जनप्रतिनिधिले सरकार भएको अनुभूत दिलाउन सक्नुपर्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);