भूमिहीन भएकाले दशगजामा बस्दै मुसहर समुदाय | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भूमिहीन भएकाले दशगजामा बस्दै मुसहर समुदाय

garib

महाेत्तरी, २० माघ ।  जिल्लाको मनरा सिस्वा नगरपालिका, १० मधवा र बथनाहाका मुसहरका समुदायका ४० घर परिवारको आर्थिक अवस्सथा निकै दयनीय छ । लामो समयदेखि दशगजा (नो म्यान्स ल्यान्ड)मा बस्दै आएका उनीहरु विद्युत, खानेपानी, शौचालय लगायतका सुविधाबाट वञ्चित छन् । दशगजा बसेकै कारण उनीहरुले राज्यबाट प्राप्त हुने सेवा सुविधा पाउन सकिरहेका छैनन् । नेपाल सरकारले पनि मुसहर समुदायबारे कुनै चासो देखाएको छैन ।

भूमिहीन भएकैले नै दशगजामा बसोवास

अन्तर्राष्ट्रिय नियम अनुसार कुनै पनि देशका नागरिक  दशगजामा बस्न पाउँदैनन् । दशगजामा कुनै पनि निर्माण कार्य गर्न पाइदैन् । आफूहरु भूमिहीन भएकैले दशगजामा बस्नु परेको लोकेन्द्र सदाले बताए । दशगजामा बसेकै कारण विद्युत जडान वा शौचालय निर्माण गर्न नमिल्ने भएकाले मुसहरको जीवनशैलीमा परिर्वतन आउन नसकेको उनको भनाई छ । यो समाचार नयाँ पत्रिकामा छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);