दशगजामा भारतले गर्यो सडक कालोपत्रे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दशगजामा भारतले गर्यो सडक कालोपत्रे

पुष्कर भट्ट
कञ्चनपुर, २१ कार्तिक
नेपाल–भारत सीमा क्षेत्र दशगजा सम्म भारतले कालोपत्रे सडक विस्तार गरेको छ । यद्यपी नेपाललाई भारतले दशगजा क्षेत्र भन्दा निकै परको बाटोमा ग्राभेल समेत गर्न दिएको थिएन ।

सीमा नाका गड्डाचौकीको दशगजा क्षेत्र, ८०५ नं। पिलर सम्म भारतले सडक कालोपत्रे गरेको हो । यद्यपी भारतले नेपालललाई सीमा क्षेत्रमा रहेको नेपाली भूमिमै पनि सडक ग्राभेल गर्न अवरोध पुर्याउदै आएको छ ।

भारतले सीमा पिलर सम्म सडक कालोपत्रे गर्दाको अवस्था सम्म नेपालको तर्फबाट कुनै चाँसो नै दिइएको छैन् । नेपालको प्रशासनिक र सुरक्षा निकायले अन्देखा गर्दा आएको छ ।

नेपालले आफै भूमिको सडकमा ग्राभेल गर्न नपाउनु र भारतले सीमा पिलर सम्मै आफै सडक कालोपत्रे गर्दा जनताले सरकार, नेता, प्रशासक र सुरक्षा निकायका पदाधिकारीहरुमाथि प्रश्न गर्न थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);