नेपाल तरूण दलले प्रदेशहरूमा गर्न लागेको भेला स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेपाल तरूण दलले प्रदेशहरूमा गर्न लागेको भेला स्थगित

काठमाडाैं । नेपाल तरूण दलले प्रदेशहरूमा गर्न लागेको भेला स्थगित गरेको छ ।

कोरोना भाइरसको महामारी दिनप्रतिदिन बढेपछि हालका लागि भेला स्थगित गरिएको तरुण दलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो ।

भेलाहरू रोक्न सबै जिल्ला सभापतिलाई परिपत्र गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गण्डकी प्रदेशमा वैशाख १२ र १३ मा भेला आयोजना गर्ने थियो ।

साथै प्रदेश नम्बर २ स्थित बारामा जेठ १ र २ गते भेला राखिएकोमा स्थगित गरिएको अध्यक्ष जितजंग बस्नेतले बताएका छन् । संक्रमणको जोखिम कम हुँदै गएपछि क्रमस भेला आयोजना गर्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);