पार्टीविरुद्ध लाग्ने स्थानीय जनप्रतिनिधिलाई पनि एमालेको कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पार्टीविरुद्ध लाग्ने स्थानीय जनप्रतिनिधिलाई पनि एमालेको कारबाही

रामेछाप । नेकपा एमालेले पार्टी हित विपरीत काम गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई पनि कारबाही गर्ने भएको छ ।

नेकपा एमाले रामेछापले बुधबार पत्रकार सम्मेलन आयोजना गरी पार्टी निर्देशन विपरीत समानान्तर गतिविधिमा लाग्ने स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले नेता कार्यकर्तालाई पार्टी विखण्डन गर्ने खालका क्रियाकलाप नगर्न चेतावनी दिएका छन् ।

पार्टीको छाप र चिन्ह दुरुपयोग गरी विभिन्न बैठक, भेला तथा कमिटी गठन गरिएकोमा अध्यक्ष श्रेष्ठले आपत्ति जनाए । ‘यो कार्य हामीलाई स्वीकार्य हुँदैन’– उनले भने ।

नेकपा स्थापना दिवसको दिन कार्यक्रम गर्ने भनी माधव पक्षले गरेको प्रचारका पछि नलाग्न पनि उनले आग्रह गरे । रामेछापमा पार्टीको स्थापना दिवसको दिन एमालेले तीन लाल पार्क गंगालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र कृष्णलाल श्रेष्ठमा औपचारिक कार्यक्रम आयोजना गरेको उनले जानकारी दिए ।

स्थानीय तहका जनप्रतिनिधिको गतविधिलाई पार्टीले हेरिरहेको उनले बताए । केही जनप्रतिनिधिहरु पार्टी नीति विपरीतको क्रियाकलापमा संलग्न भएकाले उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढ्ने समेत उनले बताए । ‘स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने अधिकार जिल्ला कमिटीलाई छ, उनीहरुको गतिविधि सच्चिएन भने हामी कारबाही प्रक्रिया थाल्छौं’– उनले भने ।

पत्रकार सम्मेलनमा जिल्ला पार्टी सचिव पुरुषोत्तम कँडरियाले नेकपा एमाले एउटा मात्र पार्टी भएको र त्यसको नेतृत्व केपी शर्मा ओलीले गरिरहनु भएकाले भ्रममा नपर्न सबैलाई आग्रह समेत गरे ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);