यसबर्षको घोडेजात्रा पर्व स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यसबर्षको घोडेजात्रा पर्व स्थगित

Ghodejatra Festival

काठमाडौं, ११ चैत । नेपाली सेनाले यस वर्षको घोडेजात्रा कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिइरहेको र नेपालमा पनि प्रभाव देखिन लागेको भन्दै घोडेजात्रा समारोह स्थगित गरिएको सेनाले जनाएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले निकालेको विज्ञप्तिमा नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरू सहित मनाउने गरिएको राष्ट्रिय पर्व ’घोडेजात्रा समारोह’ हाल विश्वमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी स्थगित गरिएको उल्लेख छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले निकालेको विज्ञप्तिमा भनिएको छ । सेनाले यसअघि नै ठूलो भेला नगर्न आन्तरिक सर्कुलर जारी गरिसकेको छ ।

सरकारले पनि २५ जनाभन्दा बढी भेला नहुन सार्वजनिक आह्वान गरेको छ । सरकारले कोरोना रोकथाम र निर्मूल गर्न लिएका निर्देशन बमोजिम उक्त समारोह स्थगित गरिएको सेनाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);