काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
मंगलबारदेखि सुरु भएको स्थायी कमिटी आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बस्ने भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिर्पोटिङ गर्नेुहुने भएको छ भने स्थायी कमिटी सदस्यहरूले समसामयिक विषयमा रिपोर्टिङ गर्ने बताइएको छ ।
बैठकमा पार्टीको विधान संशोधन वर्तमान सरकारलाई दिएको समर्थन लगायतका विषयमा छलफल हुने बताईएको छ ।