फाइल फोटो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र विप्लवबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए । भेटवार्तामा यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयन, देशको पछिल्लो राजनीतिक अवस्था लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई पनि वार्तामा सहभागी भएका थिए । प्रधानमन्त्री ओलीलाई भेट्न विप्लवसँगै खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) पनि बालुवाटार गएका थिए ।
आइ.एन.ए