उत्तम रिजाल,
झापा । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले लागूऔषध र नियन्त्रित औषधि सहित मेडिकल पोलि क्लिनिक संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
उदयपुर बेलका नगरपालिका–१ आम्बासीमा रहेको बेलका मेडिकल पोलि क्लिनिक प्रा.लि. का संचालक सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरीका २६ वर्षीय सुबोध यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
बिषेश सूचनाको आधारमा प्रहरीले गए राति ११ बजे सो क्लिनिकमा खानतलासी गर्दा ट्रामाडोइ हाइड्रोक्लालोराइड–१९८ ट्याब्लेट, डाईक्लोमाइन हाइड्रोक्लालोराइड– ५१५ ट्याब्लेट, कफट्याब–डी– ३०५ ट्याब्लेट, ट्रामाडोइ हाइड्रोक्लालोराइड ओपीडल – १५०२ ट्याब्लेट, प्रीगोइट किट १० ट्याब्लेट, सिल्डनाफिल– ४ ट्याब्लेट, जुनुग्रा रेड १२ ट्याब्लेट, नगद एक लाख सत्र हजार र मोबाईल १ थान बरामद गरेको छ ।
लागूऔषध र नियन्त्रीत औषधि फेला पारेसँगै क्लिनिकका संचालक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




