आज संसद्को अन्तिम बैठक बस्दै, २ वर्षमा संसद्ले गर्‍यो यी ११ निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, २७ असोज । आज २०७० साल सालको संविधान सभाको निर्वाचनपछि सुरु भएको संविधानसभा र रुपान्तरित व्यवस्थापिका संसद्को अन्तिम बैठक बस्ने भएको छ। संसद्को कार्यकाल भोलिसम्म रहे पनि अन्तिम बैठक आजै बस्न लागेको हो। भोलि शनिबार परेकाले आज अन्तिम बैठक बस्ने नेपाली कांग्रेसका एक सांसद्ले बताएका छन्। बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो।

बर्तमान संसद्को कार्यकाल आगामी माघ ७ गतेसम्म रहने भए पनि संविधानको संक्रमणकालीन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहने उल्लेख छ। समानुपातिक निर्वाचन पद्धतिको सूचीलाई उम्मेदवारी दर्ताकै रुपमा लिने भएकाले संसद्को कार्यकाल असोज २८ गते सकिने छ। समानुपातिक उम्मेदवारको सूची पर्सी असोज २९ गते बुझाउनुपर्ने निर्वाचन आयोगको कार्यातालिका छ।

संसद्को आयु आज सकिने भए पनि बहुचर्चित चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा निर्वाचन विधेयकको हालसम्म टुंगो लाग्न सकेको छैन। अन्तिम दिन महत्वपूर्ण ठानिएका राष्ट्रिय सभा निर्वाचन र चिकित्सा शिक्षा विधेयकको टुंगो लगाउन प्रमुख दलबीच सहमतिको प्रयास पनि हुँदै छ।

संसद्ले गरेका मुख्य कामहरु

रूपान्तरित संसद्को पहिलो अधिवेशन २०७२ असोज १५ गते सुरु
असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित
असोज २७ मा ओनसरी घर्ती सभामुख निर्वाचित
कात्तिक ११ मा विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित
कात्तिक १४ मा नन्दबहादुर पुन उपराष्ट्रपति निर्वाचित
फागुन १२ मा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता
साउन ७ मा तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रद्वारा अविश्वास प्रस्ताव दर्ता
प्रस्ताव संसद्को प्रक्रियामा नजाँदै ओलीद्वारा राजीनामा
कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित
दर्जनौं ऐन-कानुन निर्माण गरी निर्वाचनको आधार तय

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);