काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ६ सय ३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भएका ४ हजार २ सय ८९ पीसीआर परीक्षणमध्ये ६ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ८१ हजार ५ सय ६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ४ सय ४७ पुगेको छ ।
याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या ३ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार ६१ रहेकाे छ ।




