विष्णुमति नदी सफाई अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विष्णुमति नदी सफाई अभियान सुरु

काठमाडाैं । नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमति नदी सफाई अभियान सुरु गरिएको छ । बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमति नदी सफाई अभियान सुरु गरिएको हो । विष्णुमति सफाई अभियानको आयोजनामा बुधबार बिहान विष्णुमति नदीको शोभा भगवति क्षेत्रबाट सफाई अभियान प्रारम्भ गरिएको छ ।

विष्णुमति नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भएपनि हाल प्रदुषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमति नदी सफाई अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताए ।

विष्णुमति सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उहाँले जानकारी दिए । आगामी दिनमा अझै बढी समय दिइने पनि उनको भनाई छ । विष्णुमति सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो ।

विष्णुमति सफाई अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);