प्रतिनिधि सभाको शुन्य समयमा सांसदले के भने ? | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

प्रतिनिधि सभाको शुन्य समयमा सांसदले के भने ?

काठमाडाैं, ३० चैत । प्रतिनिधि सभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले जनसरोकारका विभिन्न विषयमा आफ्नो धारणा राखेका छन् । शुन्य समयमा बोल्दै सांसद अन्जना विशंखेले दलले गरेको निर्णय समेत संसदीय समितिमा तुरुन्तै दर्ता हुन नसक्ने बताए । सेटिङको आधारमा मात्रै दर्ता हुने गरेको उनले बताए ।

सांसद अनिल कुमार झाले जेष्ठ नागरिक, अपाङ्ग तथा बालबालिका लगायतले सामाजिक सुरक्षा भत्ता पाउनका लागि निश्चित समयमा नविकरण आवश्यक रहेको र रोजगारीको शिलशिलामा स्थायी ठेगानाभन्दा बाहिर रहेकाले नविकरण गर्न नसक्दा भत्ताबाट बञ्चित हुनुपरेको भन्दै जुनसुकै ठाउँबाट पनि नविकरण गर्न सकिने व्यवस्था मिलाउन माग गरे । सांसद इन्दुकुमारी शर्माले सनकको भरमा संसद विघटन गराइएको तथा अझैपनि संसद विघटन गर्ने दाउपेच बनाइएको कवितात्मक शैलीमा बताइन् ।

सत्ता टिकाउनको लागि जसपालाई ललिपप देखाइएको र मधेशी जनतालाई फसाउन लागिएको बताइन् । सांसद उमा रेग्मीले सरकारले रेल, पानी जहाज र घर घरमा रोजगारी दिने कुरा गरेर ढाँटेको बताइन् । सरकारले जेष्ठ नागरिकहरुलाई दिदै आएको भत्ता पाँच हजार बनाइदिने अभिव्यक्ति दिइएको भन्दै उहाँले जेष्ठ नागरिकलाई नढाट्न आग्रह गरे । सांसद कृष्णबहादुर राईले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले उद्देश्य अनुरुपको काम गर्न नसकेको बताए ।

समितिले परियोजना सम्पन्न गर्नेतर्फ अहिलेसम्म चासो नदेखाएकाले उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद खगराज अधिकारीले एमसीसी सम्झौतालाई संसदको विजनेश बनाउन माग गरे । एमसीसी नेपाली कांग्रेस र माओवादीको संयुक्त सरकारको पालामा सम्झौता भएको भएपनि सत्ता बाहिर हुँदा राष्ट्रिय हित अनुकुल बनाइने गरिएको बताए । एमसीसीलाई संसदको बहसको विषय बनाइनुपर्नेमा उनको जोड छ ।

सांसद खेमप्रसाद लोहनीले सरकारले ३ सय ९६ वटा आधारभुत अस्पतालको शिलान्यास गरिरहेको, मेलम्ची खानेपानी आयोजना उद्घाटन गरिरहेको, १ सय ६५ रणनीतिक सडकको शिलान्यास गरिरहेको र पालिकालाई केन्द्रसम्म जोड्ने सडकहरुलाई कालोपत्रे गर्ने योजना माग गरिरहेकाले धन्यवाद व्यक्त गरे ।

सांसद गगन कुमार थापाले दक्षिण कोरियाको भाषा तथा सीप परिक्षा उत्तिर्ण गरेका र नेपाल आएर कोरिया फर्किन नपाएका कामदारहरुलाई सरकारले वेवास्ता गरेको भन्दै उनीहरुलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताको सम्बन्धमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर सो को जानकारी सदनलाई गराउनको निम्ति सरकारको ध्यानाकर्षण गराए ।

सांसद गजेन्द्रबहादुर महतले सरकारले मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढाएको बताए । त्यसैगरी नुन, तेल र दालको पनि भाउ बढाएको उनले बताए । कोरोनालाई देखाएर ऋणमा डुबाएको पनि उनले बताए । सांसद गंगा चौधरी सत्गौवाले सरकार परिवर्तनको खेलमा लाग्न नहुने बताए। स्वार्थको राजनीति त्याग्नुपर्ने बताउँदै उहाँले नयाँ वर्ष २०७८ सालको शुभकामना व्यक्त गरे ।

सांसद घनश्याम खतिवडाले संसदको गरिमाको कुरा उठ्ने गरेको भन्दै अविश्वासको प्रस्ताव राख्न नसक्ने अनि सरकारको राजीनामा माग्ने गर्दा असंसदीय ढंगले चलेर संसदीय गरिमा खोजिरहेको बताए । सांसद चाँदतारा कुमारीले संसदीय समितिहरुले दिएको निर्देशन सरकारले सुनुवाई नगरेको बताइन् । उनीले संसद विघटन हुने त्रासले सांसदहरु हतोत्साही भएको बताइन् ।

सांसद छक्क बहादुर लामाले हुम्लामा खाद्यान्नको खडेरी परेकाले हवाइ माध्यमबाट हुम्लामा पु¥याइने खाद्यको कोटा थप गर्न आग्रह गरे । प्रतिनिधि सभाको सोमबारको बैठकमा समसामयिक राजनीतिको सम्बन्धमा विशेष समयमा पनि बोल्दै सांसदहरुले आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);