कृष्णप्रसादको हत्याकान्डमा सफाइ दिने जिल्ला अदालत चितवनको फैसला उच्च अदालतले सदर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

कृष्णप्रसादको हत्याकान्डमा सफाइ दिने जिल्ला अदालत चितवनको फैसला उच्च अदालतले सदर

गोरखा, २९ चैत । फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकान्डमा मुछिएकाहरुलाई सफाइ दिने जिल्ला अदालत चितवनको फैसला उच्च अदालतले सदर गरेको छ । उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले आज जिल्ला अदालत चितवनकै फैसला सदर गरेको हो ।

अधिकारीका बुवा नन्दप्रसाद अधिकारीले आफ्नो छोरोका हत्यामा संलग्न भएको भन्दै छविललाल पौडेलसहित १२ जनालाई विपक्षी बनाई जिल्ला अदालत चितवनमा रिट दायर गर्नुभएको थियो । जिल्ला अदालत चितवनका न्यायाधीश कुलप्रसाद शर्माद्वारा ०७५ भदौ २४ गते प्रमाण नपुग्ने भन्दै सफाइ दिने फैसला सुनाइएको थियो ।

सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन परेकोमा ०७६ कात्तिक २५ बाट उच्च अदालतले सो मुद्दा हेरेको थियो । अधिकारीको ०६१ सालमा चितवनमा हत्या भएको थियो । यस मुद्दामा उजुरी दिने नन्दप्रसादको छोाराका हत्यारालाई कारबाही माग गर्दै अनसन बसेकै बेला निधन भइसकेको छ भने आमा गंगामाया अहिले पनि अनसनमै हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);