अन्ततः न्याय पाए लालबहादुरले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अन्ततः न्याय पाए लालबहादुरले

काठमाडौं । इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको छ ।

उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन् ।

ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको हो । मुद्दामा दोषी ठह¥याएउने सुनसरी जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो ।

जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए ।

इटहरी उपमहानगरपालिका २०, तरहराको सिंहदेवी ज्वेलर्समा काम गर्ने लालबहादुरले आफ्ना मालिकको आदेश मानेकै जेल परेका थिए ।

मालिकको आदेश सोझो तामेल गर्दा ठगी अभियोगमा मुछिएका लालबहादुरलाई सुनसरी जिल्ला अदालतले दोषी ठहर्‍याउँदै कारागार चलान गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);