आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी पूजा बोहरा पाइन् न्याय | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी पूजा बोहरा पाइन् न्याय

sarbochha adalat

काठमाडौं, ८ कात्तिक । आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहराले सर्वोच्च अदालतबाट न्याय पाएकी छिन् । सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै पीडितलाई न्याय दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरि फुयाँलको संयुक्त इजलासले विहीबार सुनुवाई गर्दै बलात्कारका आरोपित सागर भट्ट र अमरराज अवस्थीलाई दोषी ठहर गरेको हो । अदालतले ३० दिनभित्र दोषी ठहर भएकालाई अर्को पेशी तोकेर सजाय निर्धारण गर्नेछ । बलात्कारपछि न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको पूजा बोहराको मुद्दामा २२ फागुनमा २ हजार ६९ मा तत्कालीन जिल्ला अदालत बैतडीका न्यायाधीश हिमालयराज पाठकले दुवै अभियुक्तलाई १३ वर्ष कैद र जनही ५० हजार रुपैयाँ जरिमाना गर्ने फैसला सुनाएका थिए । जिल्ला अदालतको सो फैसलापछि पीडक दुबै जना पुनरावेदन अदालत गएका थिए ।

तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै पीडक दुवैलाई सफाइ दिएपछि पीडित पूजाले सो फैसलाविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेकी थिइन् । २ हजार ६८ साल चैत ७ एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा गेसपेपर किन्न एक पसलमा गएकी थिइन । त्यहीबेलो उनको बलात्कार भएको थियो । पसल नजिकैको नालीमा उनी अचेत अवस्थामा भेटिएकी थिइन् । उपचारपछि उनीमाथि बलात्कार भएको तथ्य खुलेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);