सर्वाेच्चकाे फैसला : पूजा बोहोरामाथि बलात्कार गर्नेलाई साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्वाेच्चकाे फैसला : पूजा बोहोरामाथि बलात्कार गर्नेलाई साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

काठमाडौं, २ मंसिर । सर्वाेच्च अदालदते बैतडीकी पूजा बोहोरामाथि बलात्कार गर्ने २ अभियुक्तलाई जनही ११ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।

तत्कालीन पुनरावेदन अदालत कञ्चनपुरको फैसला उल्टाउँदै सर्वोच्च अदालतले सोमबार पूजा बोहोरामाथि बलात्कार गर्ने सागर भट्ट र अम्मरराज अवस्थीलाई जनही साढे ११ वर्ष कैदको फैसला सुनाएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको इजलाशले बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि भनेको छ । पीडित बोहोरालाई अभियुक्तहरुबाट ५ लाख र सरकारको तर्फबाट ५ लाख गरी १० लाख क्षतिपूर्ति उपलब्ध गराउन भनिएको हो ।

सर्वोच्च अदालतले कात्तिक ७ गते पीडित बोहोराको पक्षमा फैसला सुनाएको थियो । फौजदारी कार्यविधि संहिता २०७४ अनुसार दोषी ठहर र सजाय निर्धारण फरक फरक फैसलामा गर्नुपर्ने व्यवस्थाअनुसार सोमबार सर्वोच्चले बोहोरामाथि बलात्कार गर्ने अभियुक्तविरुद्ध सजाय निर्धारण गरेको फैसला सुनाएको हो ।

बैतडी सदरमुकाममा बसेर एसएलसी दिँदै गरेकी किशोरीलाई ९ चैत २०६८ मा अवस्थी र भट्टले बलात्कार गरेका थिए । ९ पुस २०६९ मा बैतडी जिल्ला अदालतले उनीहरूलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);