लुकिङ ग्लास नराख्ने तथा स्वरुप परिवर्तन गर्ने मोटरसाईकल कारवाहीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

लुकिङ ग्लास नराख्ने तथा स्वरुप परिवर्तन गर्ने मोटरसाईकल कारवाहीमा

अप्सरा गौतम
काठमाडौं, २ मंसिर । महानगरीय ट्राफिक महाशाखाले लुकिङ ग्लास नराख्ने तथा स्वरुप परिवर्तन गरी मोटरसाईकल चलाउनेलाई कार्वाहि गर्ने भएको छ । सडकमा स्वरुप परिवर्तन गरी चलाएका मोटरसाईलले बढी दुर्घटना निम्त्याएको भन्दै सवारी दुर्घटनालाई न्यूनिकरण गर्न यस्ता कार्यक्रम ल्याएको महाशाखाले जनाएको छ । ट्राफिक महाशाखाको यो कदम सराहनीय भएको कतिपयको भनाई छ ।

यदि तपाई लुकिङ ग्लास नराखी तथा स्वरुप परिवर्तन गरी सडकमा मोटरसाईकल चलाईरहनु भएको छ भने तपाई ट्राफिक प्रहरीको कार्वाहिमा पर्नुहुनेछ । मोटरसाईकलको स्वरुप परिवर्तन गरी चलाएका मोटरसाइकलहरु बढी दुर्घटना पर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

यस्ता दुर्घटना न्यूनीकरणका लागि महानगरी ट्राफिक महाशाखाले मिति २०७६ कार्तीक ३० गतेदेखी लागु हुने गरी सुचना जारी गरी कार्यान्वयनमा ल्याएको छ । महाशाखाका अनुसार लुकिङ ग्लास फोल्ड गर्ने अथवा नराख्ने, लुकिङ ग्लासबाट दायाँबायाँ नदेखिने गरी राख्ने कुनै किसिमको स्वरुप परिवर्तन गर्ने तथा आवाज निकालेर चलाउनेलाई सवारी तथा यातायात ब्यबस्था ऐन बमोजिम १५ सय देखी ५ हजार सम्म जरिवाना गरी कार्वाहि गरीने बताएको छ ।

यातायात ब्यबस्था ऐन २०४९ को दफा ३९ मा कुनैपनि सवारी साधनको विषेश गरी मोटरसाईकलहरुको आवाज ठुलो आउने अथवा कुनै हिसावले उसको स्वरुप विगार्न नपाउने रहेको छ ।

तर पनि काठमाडौं उपत्यका लगायत अन्य ठाउँहरुमा साइलेन्सर चेन्ज गरेर ठुलो आवाज निकाल्ने, र स्वरुप परिवर्तन गरी किशोरवस्थाका केटाकेटीहरुल चलाउने गरेको पाईन्छ ।

सडकको अवस्था, चालकको लापरवाहि लगयातका विभिन्न कारणले सवारी दुर्घना दिनप्रतिदिन बढ्दो छ । ट्राफिक प्रहरीले विभिन्न किसिमका कार्यक्रम तथा नियमहरु ल्याउने गर्दछ । तर पनि दुर्घटना न्यूनिकरण हुनुको साटो झन बढ्दै गएको छ ।

सडक दुर्घटना न्यूनिकरणका लागि ल्याईएको विभिन्न योजनाहरु दिर्घकालीन कार्यान्वयन नहुँदा सडक दुर्घटनाको समस्या झन विकराल बन्दै गएको छ । दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले एक पछि अर्काे नियम सडकमा लागू गर्दै त आएको छ तर यो नियम अब कति प्रभावकारी कार्यान्वयनमा आउँछ त्यो भने हेर्न बाँकी नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);